हामीले सधैं सम्झनु पर्ने कुरा के छ भने ग्याँस सिलिण्डर साधारण अवस्थामा कहिल्यै पनि पड्किदैंन । अन्य कारणबाट आगलागी भई जब ग्याँस सिलिण्डर बलिरहेको आगोको लप्कामा धेरै समयसम्म रहन्छ र सिलिण्डर तात्तिएर सिलिण्डर भित्र थेग्न नसक्ने चाप उत्पन्न हुन्छ यस्तो अवस्थामा मात्र सिलिण्डर पड्कने सम्भावना हुन्छ ।